के तपार्इले कुनै प्रियजन गुमाएर असहनीय शोक लामो अवधिको लागि अनुभव गर्नु भएको छ ? के तपाईको मूल बस्थानमा अकस्मात बाढी आएर तपाईले सम्पत्ती गुमाउनु भयो जसले गर्दा एकै क्षणमा तपाईको जीवन सदाको लागि परिवर्तन भयो ? हुनसक्छ तपाई कठिन प्रबन्धकसँग व्यवहार गरिरहनु परेको छ जो अविवेकी हुनुहुन्छ र यो समयमा तपाईसँग काम परिवर्तन गर्ने कुनै विकल्प पनि छैन । जीवनमा यस्तो धेरै परिस्थितिहरू छन्, जुन हाम्रो नियन्त्रण भन्दा बाहिर छ । व्यक्तिहरु अप्रत्याशित तरिकामा कार्य गर्दछन् र ती हाम्रो जीवनलाई प्रायः हाम्रो सहमति वा अनुमोदन बिना प्रभाव गर्दछन् । तनावपूर्ण परिस्थितिहरूको सामना गर्दा हामी आफुलाई परिवर्तन गर्न असमर्थ हुन्छौं र हाम्रो धेरै ऊर्जा खर्च हुन सक्छ र हामी थकित र अलमल्ल पर्न सक्छौं । यदि यसलार्इ सम्बोधन गरिएन भने, भइरहेको तनावले डिप्रेसन, चिन्ता र अन्य मानसिक विकारहरु निम्त्याउन सक्छ । सबैले परिस्थितिको सामना गर्न आफ्नै व्यक्तिगत तरिकाहरू प्रयोग गर्दछन्, जुन हामी परिवर्तन गर्न सक्दैनौं । हामीमा प्राय "म किन?" (“Why me”) सिन्ड्रोम हुन्छ र हामी सोच्न थाल्छौं कि के यी नकारात्मक प्रतिक्रियाहरू रोक्नको लागि कुनै प्रभावकारी तरीका छ । कसरी हामी अनियन्त्रित परिस्थितिहरुको तनावबाट जोगिन सक्छौं ? जीवनमा चुनौती र कठिनाइहरूको सामना गर्दा हामी कसरी शान्त रहन सक्छौं ? हामीले आफ्नै तरीकाले परिस्थितिहरुलाई स्वीकार्ने कोसिस गर्छौं । यद्यपि, अवचेतन मनमा भएको संस्कारहरुको (स्वाभाव दोषहरूको) कारण, हामी यसलाई पूर्ण रूपमा स्वीकार गर्न संघर्ष गर्छौं र यसलाई बिर्सन पनि सक्दैनौं । धेरैजसो नकारात्मक विचारहरूले हाम्रो मनमा खेली रहन्छन् र हामीलाई फेरि त्यही स्थितिमा पुर्याउँन सक्छ । यसले सधैं असहाय र निराशाको भावना भर्इ रहन्छ । त्यसैले के यस्तो परिस्थितिहरूको सामना गर्न कुनै समाधान छ जसलाई हामी परिवर्तन गर्न असक्षम छौं ? B2 स्वयम् सूचना एउटा शैली हो जुन PDR (स्वाभाव दोष निर्मूलन) भित्रको एउटा प्रक्रिया हो जुन विशेष रूपमा प्रतिक्रिया या नकारात्मक प्रतिक्रियाहरूलाई पार गर्नको लागि हुन्छ । 2. B2 स्वयम् सूचना शैलीको परिभाषा B2 स्वयम् सूचना शैलीको प्रयोग तब गरिन्छ जब हामी अरूले गरेको गल्तीले गर्दा तनाव या दु:ख अनुभव गर्छौं र उनीहरूमा भएको स्वाभाव दोषहरु हटाउन या प्रतिकूल परिस्थिति परिवर्तन गर्न केही पनि गर्न सकिदैन । B2 स्वयम् सूचना शैलीको प्रयोग तब गरिन्छ जब हामी तनाव या दुखको अनुभव गर्छौं र यी मध्य एक अरूको स्वाभाव दोष सुधार गर्न सम्भव छैन जुन तनावको कारण हो या प्रतिकूल परिस्थिति परिवर्तन गर्न सम्भव छैन । हामी भन्दा जेठो व्यक्तिहरुले गरेका गल्तीहरू जो कुनै सुधार गर्न ग्रहणयोग्य हुँदैनन् या केही अपरिहार्य दुखद परिस्थिति जस्तै घनिष्ठ परिवारको सदस्यलाई घातक बिरामी लागेको पुष्टि, प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने आदि । यस्तो परिस्थितिमा मनलाई दार्शनिक तर्क दिईन्छ, जसले हामीलाई शान्त रहन र परिस्थिति जस्ताको त्यस्तै स्वीकार्न मद्दत गर्दछ । यहाँ ध्यान दिने एउटा कुरा के हो भने गल्ती या परिस्थिति अरुको स्वाभाव दोषको कारण भए पनि, B2 स्वयम् सूचनाले गल्ती / परिस्थितिको लागि हाम्रो आफ्नै प्रतिक्रियालाई सम्बोधन गर्छ । त्यस कारण, स्वाभाव दोष हटाउने (PDR) प्रक्रियामा, ध्यान सँधै आफूलाई परिवर्तन गर्नमा रहन्छ । यो प्रक्रियाको माध्यमबाट हामी आफ्नै सोच र प्रतिक्रियाहरूलाई परिवर्तन गर्ने प्रयास गर्छौं, जबकि अन्य व्यक्ति या परिस्थितिले नकारात्मक प्रतिक्रिया उत्पेरित गर्न सक्छ ।