यो सञ्जालको लक्ष्य महिलाहरूको स्थानागमन अधिकारबारे साझा बुझाइ बनाउन संचेतना तथा सशक्तीकरण गर्नु हो । साझा धारणा भएका विभिन्न संस्थाहरूको सञ्जालमार्फत यसका कार्यक्रमहरू लागू हुनेछ । यसले दोस्रो तहको नेतृत्ववर्गलाई अधिकारमुखी दृष्टिकोणबाट महिलाको स्थानागमन अधिकार सुनिश्चितताका लागि राष्ट्रिय, जिल्लास्तरीय संस्था तथा समुदायका सदस्यहरूलाई सबल बनाउनेछ ।
लक्ष्य
महिलाहरूको स्थानागमन अधिकार सुनिश्चित गर्ने
उद्देश्यहरु
महिलाको सुरक्षित स्थानागमन अधिकारका लागि महिलाहरूद्वारा नेतृत्व गरिएका संस्थाहरूको सञ्जाल विस्तार गर्ने ।
महिलाहरूको सुरक्षित स्थानागमन अधिकारलाई महिलामुखी दृष्टिकोणबाट सुनिश्चित गर्नका लागि स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पैरवी गर्र्ने ।
महिला कार्यकर्ता तथा अधिकारकर्मीहरूलाई अधिकारमुखी अवधारणामार्फत महिलाहरूको सुरक्षित स्थानागमन अधिकारबारे जानकारी दिने तथा महिला अधिकार सुनिश्चितताका लागि गरिने कार्यहरूमा अग्रसर गराउने ।